आज वेष्ट इन्डिज र पाकिस्तान भिड्दै, यस्तो छ टीम

जेठ १७, काठमाडाैं । विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज वेष्ट इन्डिज र पाकिस्तान भिड्दैछन । दुई पटकको विश्वकप उचालेको वेष्ट इन्डिजको सामना गर्न एक पटकमात्र विश्वकप जितेको पाकिस्तान तयार रहेको छ ।

यी दुई टीमकोखेल आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्ला पाँच खेललाई हेर्ने हो भने पाकिस्तानले चार खेलमा जित हात पारेको छ भने वेष्ट इन्डिजले एक खेलमा मात्रै जीतेको छ ।

ईमगे रेसुल्त फोर वेस्त इन्दिएस व्स पकिस्तन्
सन १९७५ र १९७९ को विश्वकपको उपाधि उचाल्दै इतिहास बनाएको वेष्ट इन्डिज तेस्रो पटक विश्वकपको उपाधि चुम्ने दाउमा छ भने १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि जितेको पाकिस्तान भने २७ वर्ष पछि उपाधि जित्ने लक्षकासाथ मैदानमा उत्रनेछ ।

दुवै टीमा म्याच वीनरहरुको कमी छैन वेष्ट इन्डिजमा क्रिस गेल अर्थात क्रिकेटका युनिभर्सल बोस छन र अन्य पनि निकै राम्रा खेलाडीले भरिएको छ । पाकिस्तानमा पनि बावर अजम, मोहमद हफिज जस्ता खेलाडी छन मोहम्मद आमिर र वाहव रियाज जस्ता खतरनाक बलरहरु छन ।

कुनै पनि मैदानमा लामालामा छक्का लगाउन इन्डिका खेलाडीहरु माहिर छन । पाकिस्तानको टाउको दुखाई पनि यहि वन्न सक्छ गेल, रसेल, होप, हिटमायर जस्ता खेलाडीहरुलाई छिटै आउट गर्न नसके स्कोरवोड ४०० को पार लागउन सक्ने क्षमता राख्दछन । अभ्यास खेलमा पनि इन्डिजले ४०० रन भन्दा माथि बनाएको थियो । इन्डिजका बलरहरु पनि राम्रै देखिन्छन । इन्डिजमा वलरहरुको विकल्प पनि धेरै छ ।

पाकिस्तानलाई विश्व क्रिकेटमा पहिले देखिनै राम्रा वलर भएको टीमको रुपमा हेरिन्छ यो विश्वकपमा पनि उ सँग निकै राम्रा वलरहरु छन ।

पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा गेलले राम्रो खेल्ने वेष्ट इन्डिजको अपेक्षा रहेको छ । गेल पछिल्लो समयमा निकै फर्ममा देखिएका छन । यसअघि इंग्ल्याल्ड टुरमा पनि राम्रो प्रदर्शन गरेका थिए ।

विश्व कीर्तिमानधारी गेल क्रिकेट करिअरको अन्तिम विश्वकपबाट सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यता, पाकिस्तानको लागि पनि क्रिस गेल नै मुख्य टाउको दुखाइको विषय हो ।

पाकिस्तानको रणनीति पनि क्रिस गेललाई छिट्टै आउट गर्नु नै हुनेछ । त्यसो त, वेष्ट इन्डिजका सबै एकसे एक ब्याटिङ गर्ने सक्छन । तर वेष्ट इन्डिजको तुफानी ब्याटिङलाई रोक्ने पाकिस्तानसँग बलरहरुको अस्त्र छ । सबै बलरहरु राम्रा छन जस्तो सुकै व्याट्समेनलाई आउट गर्ने क्षमता भएका बलर भएका कारण पाकिस्तानको लागि गेम चन्जरको रुपमा बलिङलाई लिन सकिन्छ ।

ब्याटिङ पनि राम्रो देखिएको छ । पाकिस्तानको ब्याटिङ बलिङ र फिल्डिङ तिनै पक्ष बलियो छ भने इन्डिजको मुख्य अस्त्र भनेको व्याटीङ नै हो ।

पाकिस्तानी टिम-

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदी ।

वेष्ट इन्डिज टिम-

जेसन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, आन्द्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.