नेपाल आइपुगे १५० प्रजातिका घुमन्ते चरा

जेठ १७, काठमाडौं । श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन । वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्गचरीका भालेपोथीले आफ्ना बचेरा कोरलेका हुन ।

“पर्यटकीय नगरी सौराहाका विभिन्न होटलका बगैँचामा पनि धेरैले गुँड लाएका छन्,” चराविद बासु बिडारीले भने, “निकुञ्जको सुकेभार जङ्गलमा अझ बढी गुँड भेटिएका छन ।” लामो सेतो वा खैरो रङ्गको पुच्छरसँगै सुन्दर आकृतिको स्वर्गचरी साँच्चैको स्वर्गबाट आएझैँ देखिने बिडारी बताउँछन । बच्चा हुर्काउन न्यानो मौसमको खोजी गर्दै यो सिजनमा धेरै चरा नेपाल भित्रिने गर्छन ।

कतिपय चरा भने फरक मौसमको अनुभूत गर्न नेपाल आउने गरेको चराविद्को भनाइ छ । सुनचरी र स्वर्गचरीले आफू अनुकूलको वातावरण पाउनासाथै बच्चा कोरल्न थाल्छन । गोमायु महाचिल चाइना, रुस र पूर्वी एसियाबाट नेपाल भित्रिसकेको चराविद तुलसी सुवेदीले बताउँछन ।“केही चिल गत अक्टोबरमा आएर हिउँद सकिनासाथ फर्कीसके,” सुवेदीले थप्नुभयो, ‘गोमायु भने यही सिजनमा नेपाल आउने गर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.