क्रिकेट रंगशालाको बारमा डोजर चलाउने १७ जनाविरुद्ध मुद्दा दर्ता

जेठ १७, चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाउने १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको हो ।

बुधबार निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पाँच महिलासहित १७ जना पक्राउ परेका थिए । मुख्य आरोपित नेकपाका स्थानीय नेता ३१ वर्षीय प्रकाश कँडेलसहितलाई मुद्दा चलाइएको हो । कँडेललाई नेकपा चिनवानले निलम्बन पनि गरिसकेको छ ।

मुद्दा चलाइएकामा १९ वर्षीय विपिन भट्टराई, २८ वर्षीय देव गुरुङ, ५५ वर्षीय तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, ३२ वर्षीय सन्जु गुरुङ, ३६ वर्षीय दिपक आचार्य, ४० वर्षीय भैरव वस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय राजु सापकोटा, २७ वर्षीय राजन सापकोटा, ४९ वर्षीय धु्रव चापागाई रहेका छन । त्यस्तै मुद्दा चलाइएका महिलाहहरुमा ३४ वर्षीया कोपिला सापकोटा, ४० वर्षीया पारु परियार, २९ वर्षीया यसोदा पौडेल, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षीया मन्जु चापागाई रहेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.