जेठ १६, काठमाडौं । धरहरा पुनर्निर्माणको काम क्रमबद्द रुपले अघि बढिरहेको छ । धरहरा पुन:निर्माणका लागि सरकारले आर्थिक वर्ष २०७६/७७ मा एक अर्व बजेट विनियाेजन गरेकाे छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै धरहरा पुन:निर्माणका लागि एक अर्व बजेट विनियाेजन गरेकाे बताए । उनले २ वर्षभित्र धरहरा पुन:निर्माण भइसक्ने पनि बताए ।
भूकम्पले भत्काएको करिब तीन वर्षपछि धरहराको पुनर्निर्माण सुरु भएको थियाे। साेही ठाउँमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घाेषणा गरिएकाे छ । ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहरा निर्माणको जिम्मा जिआइइटीसीले पाएको छ।
नयाँ डिजाइन अनुसार धरहरा क्षेत्र ४२ रोपनी जमिनमा फैलने भएको छ। त्यसका लागि हाल गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने पुनर्निर्माण प्रधिकरणले जनाएको छ।
१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको थियो।

