तातोपानी नाका ४९ महिनापछि पुनः सञ्चालनमा

जेठ १५, सिन्धुपाल्चोक । बुधबार आज देखि औपचारिक रुपमा चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । वि।सं। २०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पका कारण बन्द भएको तातोपानी नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।

उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव,पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी, सो क्षेत्रका सांसद अग्नी सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत अधिकारीको सहभागितामा तातोपानी नाका सञ्चालनमा ल्याइएको हो ।

यसै क्रममा चीनबाट ऊन बोकेर आएको ४ वटा ट्रकलाई रेड कार्पेटमा स्वागत गर्दै नेपाल भित्र्याइएको थियो । नाका पुनः सञ्चालनमा आएपछि स्थानीय तथा व्यापारीहरु हर्षित देखिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.