जेठ १५, सल्यान । सल्यानमा एक महिला सात महीनाकी छोरीको हत्या आरोपमा पक्राउ परेकी छन । जिल्लाको छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकी हुन ।
परिवारले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका उनलाई पक्राउ गरेको हो । बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।
हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

