गायिका सुष्मा राईको ‘सुन माया’ बोलको नयाँ गीत सार्वजनिक

जेठ १४, काठमाडौं । गायिका सुष्मा राईको नयाँ गीत सार्वजनिक भएको छ । पूर्वी नेपालको जनजाति राई समुदायको साकेला नाचको लय र शैली समातेर अहिलेको युवा पुस्तालक्षित ‘सुन माया’ बोलको गीत लिएर सुष्मा स्रोता तथा दर्शक माझ आएकी हुन् ।

स्वर तथा शब्द रचना सुष्मा स्वयम्कै रहेको गीतमा संगीत कल्याण सिंहले गरेका छन् । गीतको भिडियोमा सुष्मा आफैं फिचर्ड छिन् भने उनको अपोजिटमा रुकमान लिम्बू छन् । अनजोन लिम्बूले खिचेको भिडियो सम्पादन विकास दाहालले गरेका छन् निर्देशन वियोन्डले गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.