बालबालिकामाथि अन्धाधुन्ध चक्कु प्रहार : दुईको मृत्यु, १६ घाइते

जेठ १४, एजेन्सी । जापानको राजधानी टोकियो नजिकै एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।

घाइते हुने अधिकांश स्कुले बालबालिका रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन । मृत्यु हुनेमा एक बयस्त र अर्को स्कुले छात्रा भएको बताइएको छ । राजधानी टोकियासँग जोडिएको कावासाकीमा सो घटना भएको बताएको थियो । आक्रमण लगत्तै सो व्यक्तिले आफ्नै घाँटीमा समेत चक्कु प्रहार गरेको थियो । प्रहरीले घाइते अवस्थामा आक्रमणकारीलाई पक्राउ गरेको थियो । घाइते आक्रमणकारीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरुले दुवै हातमा चक्कु लिएर सो व्यक्तिले धन्धाधुन्ध प्रहार गरेको बताएका छन । आक्रमण गर्नुपछिको मनसाय खुल्न सकेको छैन । जापान विश्वकै कम अपराध हुने देशमा पर्छ । तर पछिल्लो समयमा यस्ता आक्रमणहरुको संख्या बढ्न थालेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.