युरोपेली चुनाव २०१९: शक्तिशाली दलहरूलाई धक्का

जेठ १३, काठमाडौँ । युरोपेली संसद्‌को चुनावका प्रारम्भिक नतिजाहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखाएका छन्।

मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा देखिएको छ र ईयू समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ। लिबरल र ग्रीन पार्टीहरूका लागि एउटा सुखद रात रह्यो भने इटली र फ्रान्समा राष्ट्रवादीहरू जित्ते देखिएको छ। चुनावमा २५ वर्षयताकै सबैभन्दा बढी मत खसेको बताइएको छ।

विभाजित
नयाँ संसद् झन् विभाजित हुनेछ, जसका कारण युरोपली सङ्घ ईयुका कानुनहरू बनाउन अझ गाह्रो हुन सक्छ। चुनावी नतिजाले युरोपेली आयोग र युरोपेली परिषद्‌को नेतृत्व कसले गर्नेछ भन्ने कुराको निर्क्योल पनि गर्नेछ। फ्रान्स र इटलीमा चरम दक्षिणपन्थी दलहरू अगाडि रहेको प्रारम्भिक सङ्केत देखिएका छन्।

ब्रिटेनमा ब्रेक्जिट पार्टीले ठूलो अग्रता कायम गरेको छ भने सत्तारुढ कन्जरभेटिभ पार्टी पाँचौँ स्थानमा खुम्चिएको छ। त्यसैगरी जर्मनीमा दुवै मध्यपन्थी दलहरूलाई धक्का लागेको छ। चान्सलर एंगेला मर्केलको क्रिश्चन डेमोक्र्याट्सले सन् २०१४ को तुलनामा सात प्रतिशत कम मत पाएको छ। सन् २०१४ मा ३५ प्रतिशत मत पाएको उक्त दलले अहिले २८ प्रतिशत पाएको छ। त्यस्तै मध्यवामपन्थी दल सोसल डेमोक्र्याटिक युनियनले त्यसबेला २७ प्रतिशत मत ल्याएकोमा अहिले १५।५ प्रतिशत मत पाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.