वृद्धभत्ता लिन बाेकेरै सदरमुकाम, फर्कन २ दिन

ज्येष्ठ १३, मकवानपुर । सरकारले सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको खातामै हालिदिने नीति लिएपछि वृद्धभत्ता, एकल महिला भत्ता, अपांगता भत्ता लिन बैंकमै धाउनुपर्ने भएको छ। सदरमुकाम हेटौंडामा बैंक खाता खोलेर वृद्धभत्ता लिन हेटौंडा झरेकी वैकुण्ठकी ८० वर्षीया सीता थिङलाई फर्कन २ दिन लाज्ञ्ो। थिङजस्ता धेरै वृद्धवृद्धा सदरमुकाम वृद्धभत्ता लिन आउन सक्दैनन्।

गाउँपालिकाको पहलमा कालिकाटारमा सानिमा बैंकको शाखा खुलेको छ। ‘गाउँपालिकाको केन्द्र आउन वृद्धवृद्धालाई दुई दिनसम्म हिँड्नुपर्ने भएपछि गाउँपालिकाले प्रत्येक वडामा पुगेर वृद्धभत्ता बाँड्ने निर्णय गर्‍यो’, गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘तर भौगलिक विकटताले गर्दा प्रत्येक वडामा वृद्धभत्ता बाँड्न टोली खटाउँदा पनि वृद्धवृद्धाले दिनभर हिँड्नुपर्ने बाध्यता छ।’

वृद्धभत्ता लिन आएकी कैलाश गाउँपालिका–१ केउरेनीकी ९३ वर्षीया सानीमाया मोक्तानको वृद्धभत्ता लिन खोलाखर्क आउने क्रममा बारीको कान्लाबाट लडेर हात मर्कियो। राम्ररी आँखा नदेख्ने उनले दुखेसो पोख्दै भनिन्, ‘आँखा पनि राम्ररी देख्दिनँ, केही पैसा भयो भने पनि औषधि खान पुग्छ तर सरकारले पैसा लिन धेरै दुःख दियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.