वृद्धभत्ता पाँच सय बढ्ने

ज्येष्ठ १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने भएको छ ।

नेकपाले प्रतिनिधिसभा सहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणा गरेको वाचा अनुरुप सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाउने भनेको थियो ।

‘गत वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तीमा पनि पाँच सय रुपैयाँ बढाएर दुई हजार पाँच सय पुर्याउने तयारी गरिएको छ ।’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, स्रोतले भ्याएमा एक हजार पनि बढाउन सकिन्छ । तर कम्तीमा पाँच सय भने अवश्य बढ्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.