विधिअनुरुप बनाइँदैन राष्ट्रिय झण्डा

ज्येष्ठ १२, काठमाडाैं । नेपालको राष्ट्रिय झण्डाको खोजीमा गुगल सर्च इन्जिनमा जानेहरूलाई एउटा अन्योल आइपर्छ । कारण चन्द्र र सूर्यका कोण सङ्ख्या नमिलेका झण्डा बेग्रेल्ती फेला पार्न सकिन्छ । कुनै झण्डामा चन्द्रका सातवटा कोण फेला पार्न सकिन्छ भने सूर्यका कोण १६ वटासम्म भएका झण्डा फेला पर्छन ।

पछिल्लोपटक नयाँ गठन भएको नेपाल अभिभावक महासङ्घका पदाधिकारीहरूले सामाजिक सञ्जालमा संस्थाको नयाँ लोगो सार्वजनिक गरे । त्यसमा राखिएको झण्डामा सूर्यको १६ वटा कोण प्रयोग गरिएको देखेपछि एक अभिभावकले सो गलत रहेको सजग गराए । उत्तिखेरै महासङ्घका जिम्मेवार पदाधिकारीले त्यसलाई सच्याउने धारणा पोष्ट गरे ।

राष्ट्रिय झण्डामा जथाभावी रङ्ग, आकार र कोण सङ्ख्या प्रयोग गर्ने गरिएकोप्रति राष्ट्रिय झण्डालाई आधुनिक स्वरुपमा डिजाइन गर्नुहुने नेपालका पुराना इञ्जिनियर शङ्करनाथ रिमाललाई अचेल निकै दुःखित तुल्याउने गरेको छ । एउटा पुस्तकमा झण्डाको किनारा कालो छापिएको छ । “सबै रङ्को बेग्ला बेग्लै महत्व हुन्छ । कालो रङ्लाई शुभ मानिदैन । नीलो रङ्को मसी उपलब्ध नभएर पक्कै किनारा कालो बनाइएको होइन” उहाँले भन्नुभयो, “झण्डामा प्रयोग गरिने रङ्गका बारेमा हेक्का नराख्नु ठूलो भूल हो ।”

राष्ट्रिय झण्डाले आधुनिक स्वरुप पाएको ५७ वर्ष बितेको छ । २०१९ सालको संविधानमा नयाँ कायम गरिएको मापदण्डसहितको राष्ट्रिय झण्डालाई समावेश गर्ने निर्णय भएपछि त्यसको जिम्मेवारी इन्जिनियर रिमाललाई तत्कालीन सरकारले प्रदान गर्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.