मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जनसहित पारित हुन्छ– प्रवक्ता श्रेष्ठ

जेठ १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जनसहित पारित हुने दाबी गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिडियासम्बन्धि उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताए । प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने पनि स्पष्ट पारे । राष्ट्रियतालाई मूल आधार बनाएर सो विधेयक अघि बढाउने पार्टीको धारणा रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.