जेठ १०, हेलम्बु । अल्पसंख्यक जातिको रुपमा नेपालमा बसोबास रहेको आदिवासी जनजाति ह्योल्मो महिलाहरुको तर्फबाट विश्वको सर्वोच्च शिखर ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथामा बिहीबार सिन्धुपाल्चोक ,हेलम्बु धाक्पाखर्ककी कान्छी डोल्मा ह्योल्मोले सगरमाथामा पाईला टेक्न सफल भएकी छिन ।

नेपाल ह्योल्मो सङ्घको केन्द्रीय आजीवन सदस्य समेत रहेकी कान्छी डोल्मा ह्योल्मोले मेरो अभियान ह्योल्मोको पहिचान भन्ने नाराअङ्कित ब्यानर समेत सगरमाथाको चुचुरोमा फर फहराएकी थिईन।

प्रथम ह्योल्मो महिला आरोहीको नाम राख्न सफल भएकी कान्छी डोल्माको सफल सगरमाथा आरोहणले नेपाल ह्योल्मो समाज सेवा सङ्घका केन्द्रीय अध्यक्ष पेमा ह्योल्मोले आफू र विश्वभर रहेका सम्पूर्ण ह्योल्मो आदिवासी जनजाति समुदाय खुशी रहेको बताएका छन ।

