पर्यटकको रूपमा भित्रिएर अपराध

ज्येष्ठ ०९, काठमाडौं । आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको एकवर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी ‘अनलाईन चिठ्ठा’ ठगीमा पक्राउ परे ।

२०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको संरक्षण गर्ने उद्देश्य अनुरुप एक गैरसरकारी संस्थाको आग्रहमा नेपाल आएका फ्रान्सेली नागरिक ७९ वर्षीय गर्गेस आईगोर सिमानेस्कीलाई बाल यौनदुराचारको अभियोगमा ठमेलबाट पक्राउ गरियो ।

त्यस्तै, ठमेल ज्याठामा होटल व्यवसाय सञ्चालन गर्ने योजना अनुरूप तीन वर्षअघि नेपाल छिरेका वाङ झु नाम गरेका चिनियाँ नागरिक पनि अबैध डलर ४० लाख बोकेर हङकङ जाँदै गरेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । अध्यागमन विभागका अनुसार, यो आर्थिक वर्षका उल्लेखित अपराध घटनामा संलग्न यी तीनजना विदेशी नागरिक पर्यटकको रूपमा नेपाल भित्रिएका हुन । उनीहरूले नेपालको बसाइलाई पर्यटकको रूपमा नभई अपराधका लागि प्रयोग गरेको देखिन्छ ।

नेपाल भ्रमणमा आउने विदेशीमध्ये केहीको उद्देश्य ‘गलत’ हुने गरेको पाइएको छ । गत वर्षको वैशाखदेखि हालसम्म विभिन्न अपराधमा संलग्न एकसय विदेशी नागरिकलाई पक्राउ गरी कानुनी कारवाही गरिएको विभागले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.