जेठ ८, काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबु क्षेत्रबाट दुलर्भ सालकको खपटासहित चारजनालाई पक्राउ गरेको छ ।
विजीमल क्षेत्रमा शंकास्पद अवस्थामा कालो झोला बोकेर चारजना हिँडिरहेको अवस्थामा ती चारै जनालाई चेकजाँच गर्दा उनीहरुकोसाथबाट सालकको खपटा बरामद गरिएको हो । उनीहरुको साथबाट तीन किलो खपटा बरामद गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

