न्यू डायमण्ड र विजेश्वरीको विजय सुरुआत

जेठ ८, काठमाडौं । न्यू डायमण्ड एकेडेमी ‘ए’ र विजेश्वरी ज्ञानमन्दिर विद्यालयले दोस्रो चन्दागिरी उपमेयर कप अन्तर विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगितामा विजय सुरुआत गरेका छन् ।

डायमण्डले परोपकार आदर्श मावि ‘बि’ र विजेश्वर ज्ञानमन्दिरले ज्ञानसुधा माविलाई पराजित गर्दै विजय सुरुआत गरेका हुन् । नैकापस्थित आफनै कोर्टमा डायमण्डले परोपकार आदर्श माविको बी टोलीलाई २५–९, २५–२ सेटमा पराजित गरेको हो । यस्तै विजेश्वर ज्ञानमन्दिरले ज्ञानसुधामाथि रोमान्चक जित निकालेको छ । पहिलो सेट २५–१७ जितेको विजेश्वरले दोस्रो सेटमा २८–२६ को रोमान्चक जित दर्ता गरेको हो ।

भलिबल राष्ट्रिय खेल घोषणा गरेको दिन बुधबार भलिबल डे मनाउँदै विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगिता सुरू भएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमी चन्दागिरी नगर कमिटिको आयोजनामा सुरु प्रतियोगितामा १० स्कुलको सहभागिता छ । विजेताले ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । दोस्रो हुने टोलीले ३० हजार, तेस्रो हुने टोलीले १५ हजार तथा चौथो हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । सर्वोउत्कृष्ट खेलाडीले १ हजार पाँच सय, ब्यक्तिगत पाँच विधामा उत्कृष्ट हुनेलाई एक हजार पुरस्कार दिइने प्राविधिक संयोजक कुमार राइले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.