मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु

जेठ ८, राजापुर । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

गए राति ११ बजे दुर्घटना भएको थियो । उपचारका क्रममा उनको नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा आएका थिए । उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.