राष्ट्रपतिबाट संविधानसभा सदस्यलाई पदक

जेठ ८, काठमाडौँ । सरकारले संविधानसभा सदस्यहरुलाई विभूषित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई विभूषित गर्न लागेकी हुन् ।

गृह मन्त्रालयले संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’बाट राष्ट्रपतिले विभूषित गर्न लागेको जनाएको छ । जेठ १६ का लागि कार्यक्रम तय गरिएको जानकारी दिँदै गृहले त्यसमा सहभागी हुन संविधानसभाका सबै सदस्यहरुलाई आग्रह गरेको छ । गृहका अनुसार राष्ट्रपति कार्यालय, शीतलनिवासमा हुने कार्यक्रममा सुशोधन समारोहको प्रवेशपत्र पाएकाले मात्र प्रवेश पाउने छन् । प्रवेशपत्र बिना प्रवेश निषेध भएकाले भोलिदेखि जेठ १४ सम्म सुशोधन समारोहको प्रवेशपत्र लिन उसले सबै सभासदहरुलाई आग्रह गरेको छ ।

संविधान निर्माणका लागि ०६४ र ०७० मा २ पटक संविधानसभा निर्वाचन भएको थियो । जुन ६०१ सदस्यीय थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.