जेठ ७, काठमाडौँ । पाँचथर सामुहिक हत्याकाण्डको घटनास्थल निकै डरलाग्दो रहेको स्थानीयले बताएका छन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले घटनास्थल निकै बिभत्स रहेकाले फोटो खिच्न प्रतिबन्ध लगाएको बताए। ‘घटनास्थल डरलाग्दो खालको छ, त्यसैले हामीले फोटो पनि खिच्न दिएका छैनौ।’ उनले भने। शव समेत चिन्न नसकिने अबस्थामा रहेको भन्दै उनले शरीरका विभिन्न भाग छुट्टिएको अबस्थामा रहेको बताए। घटना मध्यरातमा भएको प्रारम्भिक अनुमान गरिएको छ। दर्दनाक घटनापछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे गाउँ शोकमा डुबेको छ । सोमबार राति भएको घटनामा २ परिवारका ९ जनाको बिभत्स हत्या भएको थियो।
धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । यी दुई परिवारको घर करिव एक किलोमिटरको फरकमा छ । धनराजको परिवारका हत्या गरिएका ५ जनाको शव घर भित्रै भेटिएको र बमबहादुरको परिवारका चार जनाको शव घर भित्र र बाहिर विभत्स अवस्था भेटिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले आफू डाक्टरसहितको टोली लिएर घटनास्थल जाने तयारीमा जानकारी दिए ।
हत्याकाण्डः ४ नबित्दै रहस्यमयी घटना
हत्या गरिएका धनबहादुर शेर्माको घरमा गत जेठ ३ गते रहस्यमयी घटना भएको खुलेको छ । धनबहादुरको घरमा बसेका साना तथा घरेलु विकास कार्यालयका टोलीलाई खुवाईएको खानामा सिसाको धुलो मिसाईएको पाइएको हो । उक्त खाना खाएपछि टोलीका कर्मचारीहरु समेत विरामी परेका थिए । खानामा सिसाको धुलो कसले मिसायो भन्ने बारे अझै खुल्न सकेको छैन । गाउँमा प्रशिक्षण दिन पुगेका उक्त टोली धनबहादुरको घरमा बसेका थिए ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले यो घटना भएको एक साता नबित्दै धनबहादुरको परिवारमाथि बर्बर हत्या हुनु रहस्यमयी भएको बताएकी छन् । सोमबार राती भएको सामुहिक हत्याकाण्डमा दुई परिवारका ९ जनाको हत्या भएको थियो । धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि घटनास्थल प्रस्थान गर्न लागेको छ । एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गर्न लागेको हो ।

