शिक्षाको ज्योति जलाईदिने गुरुहरुप्रति कलाकार फुर्वाको सम्मानसहित शैक्षिक सामग्री वितरण

जेठ ६, मकवानपुर । मोडल, समाजसेवी तथा युवा व्यवसायी फुर्वा दोर्जे मोक्तानले गुरुहरुको सम्मानसहित शैक्षिक सामग्री वितरण गरेका छन।

साविकको धियाँल गाविस कालापानीमा जन्मिएका फुर्वा मंगलबार यस्तै शैलीमा जन्मभूमि पुगे । आफ्ना वुवाको साथमा गाउँका दुई विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्ने र गुरुहरुलाई सम्मान गर्ने फरक खालको कार्यक्रम लिएर जन्मठाउँमा पुगेका फुर्वालाई सबैले खादा तथा मालाद्धारा स्वागत गरेका थिए ।

 

आफू जन्मेको भूमिमा शिक्षाको ज्योति जलाईदिने गुरुहरुप्रति उच्चसम्मान सहित सम्मान पत्र प्रदान गर्ने र विद्यार्थी भाईबहिनीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम तयरगरी गाउँ पुगेका मोक्तानले निकै सौहार्धपुर्ण रुपमा आफ्नो कार्यक्रमलाई सफल बनाएको थियो । त्यही ठाउँमा जन्मिएको तर, आजसम्म नि कुनै औपचारिक शिक्षा नलिएका, पढाईका नाममा एक कक्षामा पनि नबसेका व्यक्तित्व फुर्वाले शिक्षाको महत्वलाई बुझेर यस्तो फरक खालको कार्यक्रम आयोजना गर्नु भएकोमा सबैले धन्यवाद दिए ।

उनको बाल्यकाल र औपचारिक शिक्षाका विषयमा बक्ताहरु बोल्दा फुर्वा भावुक बनेर आँशु झारे । कार्यक्रममा विध्यालयका शिक्षाकहरु लाई सम्मान गर्नुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपी, कलम, सिसाकलम, कटर, ईरेजल लगायतका शैक्षिक सामग्री र विस्कुट वितरण गरिएको थियो ।

फुर्वा दोर्जे मोक्तान एक कुशल कलाकार हुन । मलेसियामा व्यवसाय समेत गर्दै आएका मोक्तानले दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेका छन । केही वर्ष पहिले आफ्नो एकल एल्वम मेरो गाउँ बजारमा ल्याएका दोर्जेले कतिपय गीतहरुमा आफ्नो शब्द र स्वर समेत दिएका छन । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा समेत प्रवेश गरेका मोक्तानले अहिले नेपाली चलचित्र ‘इन्काउन्टर’मा मुख्य भूमिका निर्वाह गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.