हेलमेट लगाउनैपर्ने नियम तत्काल लागु हुँदैन–ट्राफिक प्रहरी

जेठ ६, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको पछाडि बस्नेले अनिवार्यरुपमा हेल्मेट लगाउनैपर्ने नियम तत्काल लागु नहुने जनाएको छ ।

महाशाखाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा यो सूचना जारी गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ भन्‍ने उल्लेख भएको छ’, महाशाखाले भनेको छ।

महाशाखाले गुणस्तरीय हेल्मेट लाउन पनि अपिल गरेको छ । ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबा हुने क्षति न्यून हुन सक्छ,’ सूचनामा भनिएको छ। महाशाखाले यो नियम तत्काल कार्यान्वयन नहुने पनि जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.