विष्णु तामाङलाई नियन्त्रणमा लिन टोखामा प्रहरीको गोली

जेठ ६, काठमाडौं । राजधानीको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ ।

३३ वर्षीय विष्णु तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ । अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ। घुँडामूनी गोली लागेको तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।

तामाङ, पछिल्लो समय ७ वटा ठूला चोरी काण्डमा मुछिएको प्रहरीको आरोप छ । उनी यसअघि पनि पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.