जेठ ०२, सिन्धुली । चट्याङ लागेर सिन्धुलीको तिनपाटन गाउपालिका–७ आरुबोटेका तिन जना घाइते भएका छन बुधबार दिउसो पानीसँगै परेको चट्याङ लाग्दा तिनपाटन गाउपालिका–७ आरुबोटेका उखमाया लामिछाने, ज्ञानबहादुर मसराङ्गी मगर र सितामाया सार्की घाइते भएका हुन ।
सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार सार्कीलाई गएराति नै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको छ । लामिछाने र मसराङ्गी भने स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर घर फर्किएको प्रहरी जानकारी दिएको छ। त्यस्तै चट्याङ लागेर पाँचवटा पशु चौपायको मृत्यु भएको छ।

