जेष्ठ ०१, बुटवल । बिग्रीएको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा रुपन्देहीको गैंडहवामा एकजना गम्भिर घाईते भएका छन । गैंडहवा गाउंपालिका वडा नँ ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि तिलोत्तमा नगरपालिका वडा नँ १४ का गुरुदत्त चौधरी गम्भिर घाईते भएको स्थानीय सन्दिप गुप्ताले जानकारी दिए । उनी विद्युत प्राधिकरण अमुवामा कार्यरत कर्मचारी हुन ।चौधरीको एउटा हात र एउटा खुट्टा चुडिएको छ । गम्भिर अवस्थामा उद्धार गरिएका चौधरीलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको विद्युत प्राधिकरण अमुवा ग्रिडका किशोर श्रेष्ठले जानकारी दिए । विद्युत प्रवाह बन्द गरी ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा एक्कासी विद्युत प्रवाह सूचारु गरिदिएका कारण उक्त घटना घटेको गुप्ताले जानकारी दिए ।
काम गरिरहेको अवस्थामा एक्कासी विद्युत लाईन जोडेपछि चौधरी दश मिनेट भन्दा बढि समय पोलमाथी नै अड्किएका थिए ।

