५६५ लिटर तयारी अवैध घरेलु मदिरा नष्ट

ज्येष्ठ ०१, स्याङ्जा । प्रहरीले ५६५ लिटर तयारी अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको चापाकोट नगरपालिकाका विभिन्न भेगबाट सो परिमाणको मदिरा र १०० लिटर कच्चा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार सो मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा नष्ट गरेको हो ।इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी मल्याङकोट, अस्थायी प्रहरी पोष्ट दामाचौरबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट सो नियन्त्रणमा लिएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय रत्नपुरमा स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.