बैशाख ३१, विराटनगर । मोरङमा चट्याङ लागेर एकै परिवाका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
मोरङको रतुवामाई नगरपालिका–४ का ५० वर्षीया सन्झादेवी सिंह गनगाईको मृत्यु भएको प्रहरीले बताएको छ । चट्याङ लागेर घटनास्थलमै मृत्यु भएकी उनी घरमा सुतिरहेकी थीन । इलाका प्रहरी कार्यालयका अनुसार घाइते भएका दुई जना सन्झादेवीका देवर बुधलाल सिंह गनगाई र बुधलालका छोरा सुरेश सिंह गनगाई रहेका छन ।
सन्झादेवीका ५० वर्षीय देवर बुधलाल र बुधलालका १५ वर्षीय छोरा सुरेश दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

