थाहा कला केन्द्रको ५ औँ बार्षिक उत्सव मनाईदै

बैशाख ३१, थाहानगर । ‘कला संस्कृति देशको पहिचान ,यसको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नारालाइ आत्मसात गर्दै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा थाहा कला केन्द्रको पाँचौ बर्षमा पूरा वार्षिक उत्सव मनाउने भएको छ ।

कला केन्द्रले आफ्नो स्थापना कालदेखि नै कला संस्कृति तथा साहित्य जगतमा विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । जेठ ९ गते मनाउन लागेको उक्त वार्षिक उत्सवमा अमिर बम्जन परिचय अभियान २०७६ को सुभारम्भका साथै विभिन्न प्रतिभाहरुको सम्मान, विशेष सांस्कृतिक तथा सायित्यिक कार्यक्रम समेत हुने आयोजकले बताएको छ । लुकेका प्रतिभालाई  उजागर गर्न र जनचेतनाका कार्यक्रममा अहम भुमिका खेल्दै आएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार हरुको बेजोड मनोरञ्जनात्मक कार्यक्रम रहने छ भने साहित्यक सस्ट्राहरु बिर्खे अन्जान, राम बर्तौला,रामकुमार बल,भद्रध्ज गौतम ,हरिकृष्ण कार्की तथा सुरेश कार्की लगायतको बेजोड साहित्यक प्रस्तुती रहने छ। त्यस्तै लोक तथा दोहोरी गायिका रजनी लामा को रोइला गित भिडियो बिमोचन कार्यक्रम पनि उक्त दिन रहने छ। थाहा कला केन्द्रको आयोजनामा शिखरकोटको विकास घरमा हुने सो कार्यक्रमलाई सुनौलो बिहानी युवा क्लबले सहकार्य गर्ने कला केन्द्रको अध्यक्ष मोक्तानले बताए ।

सोही क्रममा मकवानपुर जिल्ला स्तरीय मकवानपुर गायन आइडल सम्पन्न गर्दै पछिल्लो समय नेपाली कथानक चलचित्र ‘कल्च’ निर्माण गरेको थियो। पछिल्लो मान्छेको मानसीक उत्तरचढवमा आएको परिदृश्यलाई यर्थतामा परिणत गर्न चेतनामूलक चलचित्र समेत निर्माण गर्दै आत्मविश्वास बढाई जीवनमा अगाडी बढाउन सहयोग पु¥याउने उद्देश्यका साथ चलचित्र ‘कल्चर’ ले धेरैको आँखाको अर्को बिन्दु खुलेको कला केन्द्रको अध्यक्ष सानोबाबु मोक्तानको बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.