बैशाख ३१, काठमाडौं । राजधानीदेखि सिन्धुपाल्चोकको छुटिने आमा हेलम्बु बसको पार्किङ स्थल बाग्मति किनारको कोरीडोरमा अस्तव्यस्त छ ।
अन्य सवारी साधन तथा पैदलयात्रीलाई समेत आवातजवातमा अवरोध हुने गरी अव्यवस्थित पार्किङ स्थल बनाएपछि सार्वसाधारणले सास्ती खेप्नु परेको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका स्थित वडा नं. ७ मा पर्ने उक्त क्षेत्रमा सडक तथा ढल निर्माण कार्य अव्यवस्थित भैरहेको बेला आमा हेलम्बु बस सेवा समितिले माकालबारी गेट अगाडी पुलदेखि शिवचोकसम्म अव्यवस्थित रुपमा पार्किङ स्थल बनाएपछि अन्य निर्माण कार्यलाई समेत अवरोध पुगेको छ ।
यसअघि जोरपाटी नारायणटारमा व्यक्तिको जग्गा भाडा लिई पार्किङ स्थल बनाएको थियो भने अहिले अधिकार सम्पन्न एकिकृत बाग्मति विकास समिति अन्र्तगतको सरकारी जग्गामा पार्किङ स्थल बनाएको छ । उक्त क्षेत्रमा थप ट्याक्सी पार्किङ समेत गरिएको छ । अव्यवस्थित रुपमा बस पर्क बनाएपछि स्थानीय तथा सार्वसाधारणलाई असहज भएको बताउँदै त्यस क्षेत्रमा पार्किङ स्थल बनाएपछि भीडभाड तथा फोहोरमैला समेत बढेको स्थानीयहरु बताउँछन् । अव्यवस्थित रुपमा पार्किङ स्थल राखिए पनि वडा कार्यालय तथा सम्बन्धित निकाय भने मौन रहेको स्थानीयहरुको आरोप छ ।
पुलको मुखैमा मापदण्ड विपरीत घर
जोरपाटी हुदै दक्षिणढोका जाने बाग्मति पुलको दायँबायाँ मापदण्ड विपरीत घर अवस्थित छ । बाग्मति किनारको सडक विस्तारको क्रममा मापदण्ड विपरीत परेको घर भत्काई सडक निर्माणमा सहयोग पु¥याउन सडक विभागले निर्देशन दिईसके पनि अटेर गरी मिलोमतोमा अहिलेसम्म कुनै कारवाही नभएको खुलेको छ ।

पुलको छेउमै मोटरबाटो अवरोध हुने गरी निर्माण भएको घरले गर्दा सडक दुर्घाटन हुने पैदालयात्रुलाई समेत सकस हुने गरेको स्थानीयहरुको भनाई छ । सो घर आजभन्दा ५० वर्ष अगाडी टिबेतबाट आएका शारणार्थीहरुको लागि निर्माण गरिएको एउटा संस्थाको घर ‘शारणार्थी क्याम्प’ पछिल्लो समयमा बौद्ध ह्याण्डीग्राफ हुदैँ श्याम्बा लामा भन्ने व्यक्तिको आफ्नो नाममा भएको बुझ्न आएको छ ।
पुलकै मुखमा रहेको उक्त घरहरुले गर्दा दैनिक रुपमा सवारी साधन जाम परेको र ट्राफिक समस्या समेत आएको बताएको छ । सडक विभागका इन्जिनियारहरु सहित आएर ४ वर्ष अघि नै श्याम्बा लामाको नाममा रहको उक्त घर भत्काउन निर्देशन दिई संकेतन समेत गरिसकेको थियो । स्थानीयहरुको भनाईअनुसार अनुमानित ८ रोपनी जग्गामा अहिले भने विभिन्न व्यवसायिक पसलहरु खोलिएको र घरको हेरचाह गर्न लिला गुरुङलाई जिम्मा लगाएको खुल्न आएको छ । श्याम्बा लामा भने अहिले खुम्बु कारर्पेटका प्रोपाईटर समेत हुन् ।

