बैशाख ३१, काठमाडौं । एक हजार र पाँच सय दरका गरी करिब १५ लाख ९० हजार ५ सय प्रतिबन्धित भारतीय नोट सहित ६ जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका(१६ नयाँबजारस्थित होटल मेट्रो ईनबाट ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्नेहरु धादिङ त्रिपुरासुन्दरी गाउँपालिका- ४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका- ३ का २३ वर्षीय राम बिक्रम खड्का, कास्की पोखरा महानगरपालिका- ५ का ४० वर्षीय सन्तोष थापा, बाग्लुङ बडिगाड गाउँपालिका- ५ का ३२ वर्षीय नबिन थापा तथा काभ्रेपलान्चोक तेमाल गाउँपालिका- ६ का ३६ वर्षीय राजेन्द्र तामाङ र काठमाडौं नयाँबजार बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका- ६ का ३७ वर्षीय धनध्वज तामाङ रहेका छन ।
उक्त होटलमा मानिसहरु भेला जम्मा भई नेपाल तथा भारतमा समेत कारोवार गर्न प्रतिबन्ध लगाइएको भारतीय १ हजार र ५ सय दरको नोटहरु साथमा बोकी सर्वसाधारण मानिसहरुलाई विभिन्न प्रलोभन देखाई ठगी गर्न लागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ सो परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

