बैशाख ३१, काठमाडाै । एनसेलले विदेशी पर्यटकहरुलाई लक्षित गरी ‘ट्राभलर्स’ सिम बजारमा ल्याएको छ । जुन सीम कुनैपनि मुलुकका पर्यटकले नेपाल भ्रमण गर्दा अर्थात नेपालमा रहँदासम्म प्रयोग गर्न सक्नेगरी आज अर्थात (बैशाख ३१ गते)बाट संचानलनमा ल्याएको हो ।
‘ट्राभलर्स’ सिम पर्यटकले नेपाली ११० रुपियामा प्याक खरिद गर्न सक्नेछन । एनसेलको ट्राभलर्स सिममार्फत भ्वाइस तथा डेटा बन्डलिङको सेवा तथा आफ्नो आवश्यकता अनुसार विभिन्न भोल्युमका कम्बो प्याक लिन सक्नेछन । स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिम सहित ३० रुपिया“को मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३ सय एमबी डेटा प्राप्त गर्नेछन ।
ट्राभलर्स सीम मार्फत प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वकभित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ ।

