बैशाख ३१, काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर जोडने क्रम बढेपछि वीस बर्ष नपुगि अवकाश प्रमाणपत्र नदीने भएको छ।संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो।
केही बर्षयता सेवा प्रवेश गरेको पाँच बर्षपछि नै राजिनामा दिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ। अवकाश प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारीको लागि विश्वासिलो आधारको रुपमा प्रयोग गर्न थालेपछि सशस्त्र प्रहरीले कार्यविधि बनाएर नै प्रमाणपत्र दिने समयसीमा तोकेको हो।सशस्त्र प्रहरीमा भर्नापछि तालिमका साथै वृत्ति विकासका लागि राज्यको ठूलो लगानी हुने गरेको छ ।
हातहतियार चलाउने दक्षता भएका प्रहरी–कर्मचारीले बीचमा जागिर छोड्दा घाटा पुग्ने निष्कर्ष निकाली यस्तो निर्णय गरिएको हो।सशस्त्र प्रहरीलेको परामर्श समितिको बैठकले १६ बर्षमा नै अवकाश भए पनि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिने निर्णय गरेपछि जागिर छोड्ने क्रम घटेको छ।

