काठमाडौंमा बालिका बलात्कारपछि फरार खरेल कञ्चनपुरबाट पक्राउ

बैशाख ३०, काठमाडौं । काठमाडौंको सिनामंगलमा सात वर्षिया बालिकाको बलात्कारको आरोपमा फरार रहेका भुवन भन्ने राजु खरेल कञ्चनपुरमा पक्राउ परेका छन् ।

खरेललाई नेपाल–भारत सीमा नाका बेलौरीबाट महानगरीय अपराध महाशाखा र प्रहरी वृत्त नयाँ बानेश्वरको समन्वयमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । खरेलले गत चैत २१ गते आफ्नो घरमा सुत्केरी स्याहार्न काममा राखेकी एक महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द काफ्लेले वैशाख १८ गते प्रहरीमा उजुरी आएको बताए । अदालतमा मुद्दा दर्ता गरेको उनले जानकारी दिए ।

बलात्कारपछि कुरा बाहिर नल्याउन भन्दै खरेलले पीडित बालिकाकी आमालाई आर्थिक प्रलोभनसँगै घटना बाहिर ल्याए ज्यान मार्नेसम्म धम्की दिएको बताइएको छ । पीडित बालिकाका बाबु वैदेशिक रोजगारीको लागि विदेशमा थिए । बाबु विदेशबाट आएपछि घटना बाहिरिएको हो । पक्राउ परेका खरेललाई मंगलबार काठमाडौं ल्याउने तयारी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.