बैशाख ३०, थाहानगर। शैक्षिक तालिम केन्द्र धुलिखेल को आयोजना तथा थाहा नगरपालिका सङको समन्वयमा मकवानपुर थाहानगरको स्रोतकेन्द्र जनकल्याण माध्यामिक बिद्यालयमा पाँच दिने अङ्ग्रेजी शिक्षणमा प्रविधि प्रयोग सम्बन्धि तालिम सम्पन्न भएको छ ।
आजको युगमा अङ्ग्रेजी भासा शिक्षणमा सुचना तथा प्रबिधिको अत्यन्तै महत्त्व छ भन्ने धेय ले उक्त कार्यक्रम आयोजना गरिएको हो।थाहा नगरपालिका स्थित पालुङको जनकल्याण स्रोतकेन्द्रमा लगातार पाँच दिन सम्म संचालित कार्यक्रममा विभिन्न स्वदेशी तथा बिदेशी विषय बिज्ञ हरुले प्रशिक्षण दिनु भएको हो । अङ्ग्रेजी भाषा शिक्षणमा सुचना तथा प्रबिधिको प्रयोग कसरी गर्ने भन्ने बिषयमा विबस थापाले प्रशिक्षण दिनु भएको थियो। त्यस्तै अनलाइन कोर्स कसरी गर्ने र पेशागत क्षमतालाई सूचना प्रबिधिको महत्त्वमा जोड्दै कसरी आफ्नो पेसागत क्षमतालाई अभिवृद्धि गर्ने भन्ने सवालमा भियतनाम बाट Mrs.Ha-Nga ले प्रत्यक्ष कक्षा प्रशिक्षण दिनु भएको थियोे ।

विद्यार्थी लाई कसरी बिज्ञान तथा प्रविधिको भरपुर प्रयोग गर्दै स्काइप गेम र व्यावसायिक अङ्ग्रेजी प्राविधिक शिक्षक कसरी बन्ने बारेको प्रशिक्षण रसिया बाट Mrs.Anna Dyalgileva Tkachuk तथा बिवस थापाको संयुक्त रुपमा प्रशिक्षण दिनु भयो। उक्त कार्यक्रममा प्राबिधिक आकलन कुमार रुम्बाले गर्नु भएको थियोे भने तालिम सहजीकरण सुर्य प्रसाद घिमिरे ले गर्नु भएको थियोे । लगातार पाँच दिन सम्म संचालित कार्यक्रममा मकवानपुर थाहा नगरपालिकाको माध्यामिक तहका बीस भन्दा बढी बिद्यालयको उपस्थिती रहेको थियोे ।

