अमेरिकी नायिकाद्वारा यौन हडतालको आह्वान

बैशाख ३०, वाशिङटन । अमेरिकी नायिका एलिसा मिलानोले गर्भपतन सम्बन्धी प्रतिबन्धात्मक कानुनको विरोधमा यौन हडतालको आह्वान गरेकी छन् ।

‘‘महिलाहरुलाई आफ्नो शरीरको सम्पूर्ण रुपमा कानुनी नियन्त्रण नभएसम्म हामी गर्भावस्थाको खतरा मोल्न चाहन्नौं,” मिलानोले ट्विट गर्दै भनेकी छन्,‘‘हाम्रो शारीरिक रुपमा स्वतन्त्रता फिर्ता नभएसम्म यौन सम्पर्क नराख्ने अभियानमा मलाई साथ दिनुस् ।’’ अमेरिकी राज्य जर्जियामा गर्भपतन सम्बन्धी कडा कानुन ल्याइएपछि त्यसको विरोध भइरहेको छ । (सीएनएन)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.