अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली

बैशाख ​३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ ।

प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि पुरा भएको छ भने आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजिनामा दिएका छन ।त्यसैले अहिले प्रमुख आयुक्त नविन घिमिरेसहित तीनजना पदाधिकारीले मात्र आयोग चलाइरहेका छन ।

भ्रष्टाचार निवारणको लागि काम गर्ने शक्तिशाली संवैधानिक आयोगलाई लामो समयसम्म पदाधिकारीविहिन राख्न नहुने भए पनि तत्काल नियुक्तिको लागि सरकारी तयारी देखिदैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.