नापी कार्यालय सर्बेक्षक २० हजार घुससहित रंगेहात पक्राउ

बैशाख २९, बटवल । नापी कार्यालय पश्चिम नवलपरासीका एक कर्मचारीलाई सेवाग्राहीसँग नगद घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । आइतबार दिउँसो सो कार्यालयका सर्बेक्षक छत्र बहादुर ठकुल्लालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले रंगेहात पक्राउ गरेको हो ।

सर्बेक्षक ठकुल्लाले बर्दघाट नगरपालिका वडा नम्बर १६ का नाम गोप्य राखिएका एक सेवाग्रहीको जग्गाको क्षेत्रफल सुधार गरिदिने भनि २० हजार रुपैयाँ घुस मागेका थिए । सर्बेक्षकले घुस मागेपछि उनी अख्तियारमा गएका थिए । अख्तियारले कोड गरेर दिएको पैसा लिएर ती सेवाग्रहीले कर्मचारीलाई दिदै गर्दा टोलीले पक्राउ गरेको अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिए ।

उनलाई दिनको साढे तीन बजे नियन्त्रणमा लीएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.