वैशाख २९, एजेन्सी। भेनेजुएलामा ‘आतंकवाद सम्बन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा राष्ट्रिय सभाका उपाध्यक्षसहित केही नेतालाई जेलमा राख्न यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारविरुद्ध उत्रिन आह्वान गरेका राष्ट्रिय सभा उपाध्यक्ष इड्गार जाम्ब्रानो लगायतका अन्य नेताहरुलाई जेल हाल्न आदेश दिएको हो ।
भेनेजुएलामा गत अप्रिल ३० तारिखमा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउने मागसहित सरकारविरुद्ध उत्रिन आह्वान गरेका थिए ।
ती नेताहरूमाथि सरकारी सुरक्षा अधिकारीहरूलाई अनुसन्धान गर्न लगनइएकाे थियाे । तीनीहरूकै सिफारिसका आधारमा अदालतले उनीहरूलाई जेलमा राख्न आदेश दिएको जनाइएकाे छ ।

