बैशाख २६, काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।
यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् भने मिस नेपाल सुनरनेशनलको उपाधि रोज लामाले जितेकी छन् ।

