दिनेश कार्की ।
बैशाख २५, थाहानगर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले आफ्नो स्थापना दिवसको अबसर पारेर नगर स्ततिय हाजिरिजवाफ प्रतियोगिता गरेको छ।
वि.सं. २०७१ साल वैशाख २५ गते घोषणा भएको नगरपालिकाले आज (बुधबार) २५ आफ्नो स्थापना दिवस मनाएको छ । नगरपालिकाले स्थापना दिवसको अवसरमा नगरपालिकाको विविध पक्षलाई समेटेर वडा नम्बर १ स्थित सुनौला माविमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । उपप्रमुख खड्ग गोपालिको प्रमुख आथित्यतामा थाहामा रहेका आधारभूत तह विद्यालयहरु विच हाजिरी जवाफ प्रतियोगिताको सम्पन्न गरियको छ । प्रतियोगितामा ११ वटा विद्यालयहरुको सहभागी हरेको थियो ।
प्रतियोगितामा प्रथम जनकल्याण मा.वि. पालुङ, द्धितीय सुनौला मा।वि कुन्छाल, तृतिय स्वच्छन्द्र भैरव मा।वि चित्लाङ र सानत्वना चम्पेश्वर नि।मा।वि भएका छन् । प्रतियोगितामा विजयीहरुलाई नगदसहित अन्य पुरस्कार दिएका थिय । नगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले, वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली , सुनौला मा।वि का विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सिताराम गोपाली र विद्यालय प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो ।

