बैशाख २४, बागलुङ । बागलुङमा दुई जनाको शव फेला परेको छ । सोमबार जिल्लाको बडिगाड गाउँपालिकाको ८ नेटाको जंगलमा तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो। त्यस्तै जैमिनी नगरपालिका–८ को कालिगण्डकी नदिकिनारमा एक व्यक्तिको शव फेला परेको हो ।
बिहान घाँस दाउराका लागि जंगल पुगेका स्थानीयले घर्तीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।मानसिक अवस्था कमजोर भएका घर्ती चार महिनाअघिदेखि बेपत्ता थिए । उनको शव पोष्टमार्टमका लागि प्रहरीले धौलागिरी अञ्चल अस्पताल पठाएको छ ।
त्यस्तै अर्काे अन्दाजी ३० वर्षीय पुरुषको शवको पहिचान हुन सकेको छैन। शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम स्थित धौलागिरी अञ्चल अस्पतालमा छ ।
अर्का एक जनाको जिल्ला सदरमुकाम बागलुङ बजारको श्रीनगरटोलमा सोमबार दिउँसो हिँड्दाहिँड्दै ज्यान गएको छ । पश्चिम नवलपरासी सुनवल नगरपालिका–७ घर भई हाल बागलुङ बजारमामजदुरी काम गर्दै आएका अन्दाजी ३८ वर्षीय खुमानन्द पौडेलको ज्यान गएको हो । रगत बान्ता गरी पल्टिएका उनको धौलागिरी अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

