बैशाख २४, काठमाडौँ । मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु भएको छ । मंगलबारबाट सुरु भएको रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भनिन्छ ।
सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।

