बैशाख २३, वीरगन्ज । स्वास्थ्यजस्तो संवेशनशील स्थानमा कुकुरले रेखदेख गर्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ तर पर्साको धोबिनी गाउँपालिका १ मा रहेको पिपरा घोडदौड स्वास्थ्य चौकीमा भने कुकुरको बास हुने गरेको छ ।
स्थास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु विभिन्न बहाना बनाएर स्वास्थ्य चौकीमा उपस्थित नभएपछि सेवाग्राहीसमेत मारमा परेका छन । बिरामी सुत्ने ओछ्यान कुकुरको बास देखिएको र आफू सेवा लिन आउँदा रित्तै फर्कनुपरेको स्थानीय सेवाग्राही कृष्णमोहन साहले गुनासो पोखेको छ ।
सो स्वास्थ्य चौकीमा दुई जना अनमी र एक जना नर्सको दरबन्दी रहे पनि उनीहरु विभिन्न बहाना बनाएर गाउँमा सेवा दिन नआएको स्वास्थ्यकर्मी दिनेश साहले बताउनु भयो । यद्यपि सो स्वास्थ्य चौकीमा एक जना हेल्थ असिन्टन्टको पनि व्यवस्था रहेको स्थानीयले बताएका छन ।

