बैशाख २३, काठमाडौं । अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण १८० वर्षको जेल सजाय सुनाइएको छ । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो ।
वासिङ्टन पोस्टले दिएको समाचरमा स्टिफन आयोवा ब्रनस्टामर्समा एलिय युथ प्रोग्राम चलाउँछन । उनले केटाहरुसँग बिना लुगा होटल तथा आफ्ना दुई निवासमा सुतेको समयमा क्यामरामा रेकर्ड गरेका थिए ।स्टिफनका वकिलले उनका लागि २० वर्ष सजायका लागि आग्रह गर्दै उनी अब समाजका लागि खतरा नभएको बताएका थिए ।
उनका विरोधी वकिलले स्टिफन आफैँले १३ जना बच्चाको निजी अंग खेलाएको कुरा स्वीकारेको तर्क दिएका थिए ।एक केटाले प्रहरीसमक्ष दिएको बयानमा स्टिफनको सम्बन्ध उनको कलेजको फुटबल टिमसँग पनि भएकाले आफू कैयौँ वर्षसम्म चुप रहेको बताएका थिए ।

