बैशाख २२, दमौली । तनहुँमा ६ सामुदायिक विद्यालय शिक्षकको अभावमा बन्द हुने अवस्थामा पुगेका छन । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षकको अभावमा बन्द हुने अवस्थामा गुगेका हुन ।
शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले बताएका छन । सोही कारण शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको उनको भनाइ छ ।
शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए ।

