‘फानी’ आँधीका कारण हजाराै घर ध्वस्त

बैशाख २२, नयाँदिल्ली । भारतको ओडिशा राज्यबाट बाङ्ग्लादेश पुगेको फानी नामक समुन्द्री आँधीले एक हजार भन्दा बढी घर ध्वस्त पारेको छ ।

बाङ्ग्लादेशमा एक हजारभन्दा धेरै घरहरुमा क्षति पुग्नुका साथै गाउँहरू जलमग्न भएका छन । झन्डै दश लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको भन्दै बाङ्ग्लादेश जल तथा मौसम विभागका निर्देशकले ठूलो विपद्को त्रास भने लगभग सकिएको बताएका छन । भारतमा भने क्षति कम गर्न गरिएको स्थान्तान्तरण सफल भएको मानिएको छ ।

आँधीले तटीय क्षेत्रका दर्जनौँ गाउँहरूलाई डुबानमा पारेको छ । प्रतिघण्टा ७० किलोमिटर वेगसम्मका हुरी चलेको बताइएको छ । नवखली जिल्लामा केही घरहरू ध्वस्त भएको र ३० जना घाइते भएका छन भने दुई बालबालिका मारिएका छन । शुक्रवार भारतमा पनि आँधीको कारण कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.