जनप्रतिनिधिकै घरमा छाउगोठ

वैशाख २२, बाजुरा । बडिमालिका नगरपालिका–१ का अध्यक्ष रामबहादुर कार्की, २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष प्रकाश रावल र ७ का अध्यक्ष धर्मराज पाध्याय बस्ने गाउँ र वडाका महिला परम्परागत रूपमा छाउगोठमा बस्ने गरेका छन ।

रामबहादुर कार्कीको गाउँ सल्लेना हो। उनको गाउँमा १११ परिवार बस्दै आएका छन्। सबै महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेका छन्। प्रकाश रावल बस्ने गाउँ र वडाका महिलाहरु पनि छाउगोठमा बस्दै आएका छन्। त्यस्तै धर्मराज पाध्याय बस्ने रजातोली गाउँमा ११५ परिवार बस्छन्। महिनावारी भएको बेला सबै महिलाहरू छाउगोठमा बस्ने गरेका छन्।रजातोली गाउँमा २४ जना स्थायी, अस्थायी कर्मचारी र २ जना जनप्रतिनिधि छन्, उनीहरूका घरका महिला पनि महिनावारी भएको बेला छाउगोठमा बस्दै आएका छन्। बडिमालिका नगरपालिका–२ मा पनि छाउपडी गोठमा बस्ने चलन कायमै छ।

गोठ थोरै छन्, प्रथा चाहिँ रहेको अध्यक्ष डम्मर महतले बताए। ‘नगरपालिकामा सामाजिक कुरीति उन्मूलन गर्नका लागि नियम कानुन बनाउने र नियगमन गर्ने वडा अध्यक्षको गाउँमै नै छाउपडी प्रथाले जरो गाड्दै आएको छ, कसरी परिर्वतन हुन्छ’, एक स्थानीयले भने। बडिमालिका नगरपालिका ३, ४, ५ र ६ छाउपडी गोठमुक्त घोषणा भइसकेका छन्। वडा नम्बर १, २, ७ र ८ मा भने निकै ग्राहो भएको उपप्रमुख कविता विष्टले बताइन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.