१ सय ८ आमालाई चाँदीको औंठी उपहारसहित सम्मान

वैशाख २२, हेटौंडा । मातातीर्थ औंशीको अवसर पारेर मकवानपुरमा १ सय ८ आमालाई चाँदीको औंठी उपहारसहित सम्मान गरिएको छ । मनहरी गाउँपालिका–८ स्थित आमाघर आश्रमले आमाहरुलाई सम्मान गरेको हो ।

आश्रमले उपलब्ध गराएको उपहारमा कागिँयो, कपालमा लगाउने तेल, लोसन, पाउडर, नेलकटर, लिपगार्ड, टीका, कपालमा लगाउने काँटा, रुमाल, तौलिया, छाता, थर्मस, पानीको बोतल, मोजा, पर्स, ब्रस, साडी, चाँदीको औंठी, कम्बल, गुलाबको फूल, उपहार राख्ने ब्याग, अभिनन्दनपत्र लगायत सामग्री राखिएको किटबक्स थियो । शृंगारपटार गरिएका आमाहरुलाई मञ्चमा राखी सम्मान गरिएको थियो ।

सम्मान समारोहमा प्रदेश–३ प्रमुख अनुराधा कोइरालाले आमा भगवान्को रुप भएको बताउनुभयो । उहाँले सन्तानका समस्या समाधानमा आमाको भूमिका हुने भन्दै आमा र भगवान एकै भएको रुपमा ब्याख्या गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.