प्रदेश १ का ३ सय प्रहरी कारवाहीमा

वैशाख २२, विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने एवं प्रहरी संगठन विपरीत काम गरेको भन्दै उनीहरुलाई कार्वाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

संगठनमा आर्थिक लेनदेन,अनैतिक सम्वन्ध,मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको र राम्रो काम गर्ने ९चालु आर्थिक बर्षमा मात्र ४ सय १३ जना ० लाई पुरस्कृतसमेत गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएस्पी सिद्धराज न्यौपाने बताउनुभयो ।

पूर्वमा १२ हजार ९ सय ७० जना प्रहरीको दरवन्दी छ । प्रहरी संगठन विपरीत लागेकाहरुलाई आन्तरिक सुद्धिकरण गरीएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.