मुलुकको बेथिति अन्त्य गराउन युवाहरुको खबरदारी

प्रारम्भ खबर ।
बैशाख २१, काठमाडौं । मुलुकमा भईरहेको बेथितिको अन्त्य गराउन सरकारलाई युवाहरुले शनिवार राजधानीको माईतिघर मण्डलामा एक घण्टा नागरिक खबरदारी गरेका छन् ।

समाज र सिंगो राष्ट्रलाई नै चुनौति दिईरहेको सामाजिक तथा राष्ट्रिय मुद्धहरुलाई चासो नदिई अपराधीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै नागरिक युवा समूहद्वारा चर्को आवाज उठाएका छन् । निर्मला पन्तको बलत्कारी र हत्यारा कहिले पत्ता लाग्छ ? ३३ कुईन्टल सुन कहाँ छ ? एनसेलसँग कर असुली कहिले ? बालुवाटारको जमिन खरिद विक्री गर्ने व्यक्तिहरुलाई कारवाही कहिले ? वाईडबडी काण्डका दोसी कहिले पत्ता लाग्छ ? भन्ने पाँच गम्भिर प्रश्नहरु युवाहरुले उठान गरेका थिए ।

राष्ट्रिय युवा अधिकार संजालले आयोजन गरेको कार्यक्रममा महेन्द्र थापा, सुजन घले, अमिशा धिमाल, राम रोहन पन्त, नारायण कडरिया, शालिकराम पौडेल लगायतले सरकारलाई खवरदारी विचार राखेका थिए । भ्रष्ट्रचार, अनिमियतता लगायत अपराधजन्य विषयमा सरकार र सरोकारवाला गम्भीर नभएको आरोप लगाउँदै उक्त विषयमाथी शक्तिशाली छानविन समिति बनाएर अपराधी र मुद्धमा मुछिएका जोकोही भए पनि कारवाहीको दायरामा ल्याउन पर्ने युवाहरुको माग छ । सुशासन र स्वतन्त्र अभिव्यक्तिलाई कुण्ठित नपार्न लोकतन्त्रको सुदृढीकरणको लागि युवाहरुले निरन्तर आवाज उठाउनु पर्ने आवस्यकता रहेको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.